बुटवल / भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ ।
भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर जहाज बिहान साढे ८ः२८ बजे भैरहवामा अवतरण गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउनका लागि भारतीय सुरक्षाकर्मी लिएर सो विमान आएको हो ।
भारतीय वायुसेनाको इलुसियन विमान दिल्लीबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको विमानस्थलका प्रवक्ता श्याम किशोर शाहले बताएका छन् ।
जहाज बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।
सो विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो अन्तर्राष्ट्रिय विमान भएको प्रवक्ता शाहले बताएका छन् ।
भारतीय सुरक्षाकर्मीलाई छोडेर विमान आजै दिल्ली फिर्ता जाने समेत प्रवक्ता शाहले बताएका छन् ।