काठमाडौँ / काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार ८७ जना यात्रुसहित धनगढीका लागि उडेको २२३ उडान नम्बरको जहाजको इन्जिन फेल भएको हो । 

OM Sai Pathibhara Hospital

उक्त जहाज काठमाडौँ फर्काएर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराएको बताइएको छ । जहाज क्याप्टेन बी. राजवंशीले उडाएका थिए ।

जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । अहिले आकासमा इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्स आकासमा होल्ड भएका छन् ।