दाङ /  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं - १७ का नेकपा (एमाले) को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयनका लागि आजको समय तोकिएको छ । 

तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालका अनुसार एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । 

OM Sai Pathibhara Hospital

बिहीबार बेलुका ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ ।