स्याङ्जा / स्याङ्जामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरु बीचमा भएको झडपमा परि ४ जना घाइते भएका छन्  । स्याङ्जाको हरिनास गाउँपालिका र आँधिखोला गाउँपालिकामा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रविन्द्र खनालले बताए ।

हरिनाशको चिसापानीमा मंगलबार साँझ भएको झडपमा परेर काँग्रेस निकट ३० वर्षीय पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पोखरा लगिएको छ । आँधिखोलाको सेतीदोभानमा भएको झडपमा दुईजना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ ।