बिर्तामोड / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट दमक वडा नं- ७ को खुल्ला वडा सदस्यका उम्मेद्वार गुमानसिंह तामाङले उम्मेद्वारी एवं पार्टी परित्याग गरी गठबन्धन दललाई सघाउने घोषणा गरेका छन् ।

गठबन्धन दलद्वारा दमकमा आयोजित चुनावी  सभामा एक विज्ञप्ति जारी गर्दै तामाङले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले आफ्नो विज्ञप्ति आफैं पढेर गठबन्धन दललाई सघाउने उद्घोष गरेका हुन् ।

OM Sai Pathibhara Hospital

स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धन दलको घरदैलो कार्यक्रममा वडावासीको सद्भाव तथा समर्थन एवम्  नगर प्रमुख पदका उम्मेद्वार राम थापा र उपप्रमुखका उम्मेद्वार रेगिना भट्टराई प्रसाईँ, एवं ७ नं वडाध्यक्षका उम्मेद्वार भीम पौडेलको पक्षमा नगरवासीको ब्यापक जनसमर्थन देखिएकोले आफूले पनि गठबन्धनलाई नै सघाउने निर्णयमा पुगेको र आजैका मितिबाट खुल्ला सदस्य पदको उम्मेद्वारी त्याग गरेको  विज्ञप्तिमा उल्लेख छ ।

आजैका मितिदेखि संयुक्त गठबन्धनको चुनावी सभा एवं कार्यक्रममा सहभागी हुने जनाइएको विज्ञप्तिमा एमालेको साधारण सदस्यता त्याग गरेको पनि तामाङले जनाएका छन् । bigyapti