काठमाडौं / इन्धन खपत कम गर्न भन्दै जेठबाट लागू हुने गरी सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा छापिएको छ ।
सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म निर्धारण गर्दै प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएको छ।
२०७९ सालका लागि निर्धारण गरिएका दशैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा स्वास्थ्य संस्था, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, बैंकिङ सेवा, राजस्व, मालपोत, नापी, भन्सार, स्थानीय तह लगायतले तेस्रो दिनदेखि मन्त्रालयले समय निर्धारण गरेअनुसार सेवा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यसैगरी, सार्वजनिक बिदाको दिन सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्नपर्ने व्यवस्था समेत गरेको छ ।