बिर्तामोड / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी तथा निर्माण व्यवसायी गरी ६ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । 

आयोगले झुटो बिल भरपाई बनाएर ६६ लाखभन्दा बढी भुक्तानी गरेको आरोप लगाउँदै उनीहरु विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरको हो । 

OM Sai Pathibhara Hospital

आयोगका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइत, इन्जिनियर उग्रानन्द पाठक र लेखापाल छत्र बहादुर श्रेष्ठले काम नै नगरेको 
विवरण गलत रुपमा उल्लेख गरी झुट्टा बिल बनाएको पाइएको छ ।

आयोगले नक्कली बिल नै बनाएर ६६ लाख ६४ हजार ६९२ रुपैयाँ २२ पैसा भुक्तानी गरेको पाइएपछि उनीहरु विरुद्ध आरोपपत्र दायर गरेको हो । 

त्यस्तै , माँ जानकी निर्माण सेवाका प्रोपाइटर भुपेन्द्र यादव, एभरेष्ट निर्माण सेवाका प्रोपाइटर विजयकुमार यादव, अन्नपूर्ण कन्स्ट्रक्सनका प्रोपाइटर ममतादेवी यादवविरुद्ध पनि आयोगले आरोपपत्र दायर गरेको छ ।

आयोगले तत्कालीन प्रमुख जिल्ला इन्जिनियर गोइत र पाठक विरुद्ध ६६ लाख ६४ हजार ६९२ रुपैयाँ २२ पैसा बिगो दाबी गरेको छ । 

त्यस्तै , आयोगले तत्कालीन लेखापाल श्रेष्ठ विरुद्ध २ लाख ५४ हजार ७१९ रुपैयाँ ७६ पैसा, निर्माण व्यवसायी भुपेन्द्र विरुद्ध २१ लाख २४० रुपैयाँ ९७ पैसा, विजयकुमार यादवविरुद्ध २६ लाख ५४ हजार २१४ रुपैयाँ ४५ पैसा र ममतादेवी यादवविरुद्ध १९ लाख १० हजार २३६ रुपैयाँ ७९ पैसा बिगो दाबी गरेको छ ।