तनहुँ / कालीगण्डकी नदीमा सोमबार पौडी खेल्न गएका १२ वर्षीय बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका- ५ धेनुङका ईश्वर बिक रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । बेपत्ता बालकको आज पनि खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुंगे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा बिक नदीले बगाएर बेपत्ता भएका हुन् । अन्य दुई भने नदी तर्न सफल भएका थिए ।