झापा / रोल्पामा नेपाली कांग्रेस र  नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच सोमबार राति झडप भएको छ । रोल्पाको गंगादेव गाउँपालिका- ५ मा भएको झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । 

घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर रहेको प्रहरीले जनाएको छ । 
माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गंगादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिए ।