बिर्तामोड / निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएकालाई पनि मतदान गर्न मिल्ने व्यवस्था गरेको छ । 

मतदाता नामावलीमा नाम भएपनि मतदाता परिचय पत्र नभएकाले पनि आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने भएका हुन् ।

OM Sai Pathibhara Hospital

परिचय खुल्ने आधिकारिक कागजात पेस गरेको खण्डमा मतदान दिन मिल्ने गरि तयारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । 

नियमित पत्रकार सम्मेलनमा पौडेलले ५ सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ८ जना र ५ सयभन्दा थोरै मतदाता भएका केन्द्रमा ७ जना कर्मचारी खटिने आयोगले जनाएको छ ।

आयोगले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका निर्वाचन आचारसंहिता विपरीतका सामग्री भोलिसम्म हटाउन पनि निर्देशन दिएको छ ।