कपिलवस्तु / कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावती कुर्मीको हृदयघातका कारण निधन भएको छ ।
निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राती १ बजेतिर निधन भएको हो ।
उम्मेदवारको निधन भएपछि महाराजगञ्ज नगरपालिकाको मङ्गलबारको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए । निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रियाअघि बढ्ने उनले बताए । कुर्मी महाराजगञ्ज नगरपालिका- २, गैडहवाकी बासिन्दा हुन् ।