दाङ / दाङमा वडाध्यक्षका उम्मेदवारको  ५३ वर्षको उमेरमा निधन भएको छ ।  तुलसीपुर उपमहानगरपालिका- १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

चौधरी मिर्गौला र कलेजो सम्बन्धी रोगबाट पीडित थिए । नेकपा (एमाले) बाट उम्मेदवार बनेका चौधरीको काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

चुनाव प्रचारकै क्रममा चौधरी एक्कासि बिरामी परेका उनलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल  लगिएको थियो ।