बिर्तामोड / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले अत्यावश्यक बाहेकका सबै बैशाख २७ गते देखी बन्द हुने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयका कर्मचारीहरू मतदानमा कार्यमा खटिने भएकाले बैशाख २७ , २८ र २९ गते नागरिकता , राहदानी , राष्ट्रिय परिचयपत्र , र सिफारिस सम्बन्धी सबै सेवा बन्द गरिएको जानकारी दिएको हो ।