काठमाडौं / नेपाल बार एसोसिएसनले व्यावसायिक आचरणमा प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्दै शुभकामना व्यक्त गरेको छ । 

बारले कानुन दिवसका अवसरमा आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यवसायिक निष्ठामा समेत प्रतिबद्ध हुन भन्दै शुभकामना सन्देश जारी गरेको  हो । 

OM Sai Pathibhara Hospital

संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, व्यावसायिक र मर्यादित बारको प्रमुख लक्ष्य र त्यसको संवर्द्धनका लागि निरन्तर क्रियाशील रहनु पर्ने भन्दै बारका अध्यक्ष गोपालकृष्ण घिमिरे शुभकामना व्यक्त गरेका छन् ।
   
घिमिरेले स्वतन्त्र, सक्षम, निष्पक्ष र पारदर्शी न्यायपालिकाको प्रवर्द्धन गर्न सदा क्रियाशील रहने समेत शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रधानन्यायालय ऐन, २००८ को कार्यान्वयन २००९ साल वैशाख २६ गतेदेखि भएको सम्झनामा प्रत्येक वर्ष कानुन दिवस उल्लासमय रुपमा मनाउने गरिएको छ । 

दिवसका अवसरमा बारले न्यायपालिकालाई यस अवस्थासम्म ल्याई पुर्‍याउन अग्रणी भूमिका खेलेका सबै अग्रजको समेत स्मरण गरेको छ ।