झापा / नेपाल प्रहरीले अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान अनुरोध गरेको छ । 

स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरू अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन खाँदा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरीले अपरिचित व्यक्तिले दिएको प्रसाद नखान अनुरोध गरेको हो।  

OM Sai Pathibhara Hospital

प्रहरीले हिजो (आइतबार) सार्वजनिक सूचना जारी गरी यस प्रकारका घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना प्राप्त भएमा प्रहरीमा खबर गर्न समेत आग्रह गरेको छ । 

279729355_3158794991061979_3317162486200324317_n