धनुषा / धनुषामा राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका छन् ।
धनुषाको सबेला नगरपालिका वडा नम्बर -४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवार सहित परिवारमाथि नै आक्रमण भएको उल्लेख गरेका छन् । मियाको परिवारका सात जना सदस्यमाथि एमालेले आक्रमण गरेको राप्रपाको दाबी छ ।