लमजुङलमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका- ४ मा आफैँले पालेको राँगाले हान्दा एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४४ वर्षीय खुमबहादुर मौरती रहेका छन् । राँगोले हानेर  गम्भीर घाइते उनी बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार  राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

थप घटना हुन नदिनका लागि प्रहरीले राँगोलाई गोली हानेर मारिएको छ । सो राँगोले केही दिनअघिबाटै दिमाग ठीक नभएको सङ्केत गरे पनि आफैँले पालेको राँगोले केही नगर्ला भनेर राँगो समात्न जाँदा सो घटना हुन पुगेको स्थानीयवासीको भनाइ छ ।