बिर्तामोड / छोरी माथि जबर्जस्ती करणीको प्रयास गरेपछि किशोरीका बुबाले बसका चालकको हत्या गरेका छन् ।
१७ वर्षीया किशोरी माथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा किशोरीका बुबाले बस चालक नुवाकोट तारकेश्वर गाउँपालिका २ बगुवाका ३४ वर्षीय दीपक ढुँगानाको हत्या गरेका हुन् ।
गत बैशाख २० गते बा ५ ख ५९८२ नम्बरको बसमा काठमाडौंबाट इलाम आएकी १७ वर्षीया किशोरी माथि बसका सहचालकले बलात्कारको प्रयास गरेका थिए ।
छोरी माथि करणी गरेको थाहा पाएपछि किशोरीका बुबाले बस चालक ढुंगाना माथि निर्घात कुटपिट गरेका थिए । उनको कुटाइबाट घाइते भएका ढुँगानाको झापाको बिर्तामोड स्थित वी एन्ड सी अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
किशोरीलाई उनका बुबा लिन आउँदै गरेको थाहा पाएपछि बसका सहचालक नुवाकोटको बेलकोटगढी नगरपालिका –१३ का १८ वर्षीय किशोर भने फरार भएका थिए ।
युवती माथि जबरजस्ती करणी गर्ने किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । बसका सहचालकलाई जबर्जस्ती करणी उद्योग र किशोरीका बुबालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।