काठमाडौं / निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै वेब पोर्टललाई कारवाही गरेको छ । 

२३ वटा वेब पोर्टलले आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै प्रेस काउन्सिल नेपालले कारवाही गरेको हो । 

OM Sai Pathibhara Hospital

२३ वटा वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्ने गरी नै कारवाही गरिएको आयोगले जनाएको छ । 

आयोगका अनुसार हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको छ । 

चैत २५ गतेदेखि वैशाख २२ गतेसम्मको अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । 

आठ वटा मिडियालाई लिखितरूपमा सचेत गराइएको छ भने २१ वटा सञ्चार माध्यमलाई लिखितरूपमा आचारसंहिता कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको छ ।