विराटनगर / विराटनगरमा स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँसहित एक भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतबाट नेपालतर्फ आउँदै गरेकी ३० वर्षीया मुन्नीदेवी सहनी रहेकी छिन् । 

इलाका प्रहरी कार्यालय रानी (सीमा) बाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा विराटनगर–१५ बाट उक्त भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।