काठमाडौं / नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई चुनावी प्रचारप्रसार गर्न निर्वाचन आयोगले अनुमति दिएको छ ।
सहरी विकास मन्त्री समेत रहेकी झाँक्रीलाई पार्टी सचिवको हैसियतका कारण चुनावी कार्यक्रममा जान आयोगले सहमति दिएको हो ।
पत्रमा मन्त्रीको हैसियतमा प्राप्त सेवा सुविधाको प्रयोग नगरी चुनावी प्रचारका कार्यक्रममा जान सकिने भन्दै आयोगका कानून अधिकृत मोहनराज जोशीले सहमति दिएका हुन् ।
झाँक्रीले उक्त पत्र सार्वजनिक गर्दै आचारसंहिता पालना गर्ने आफ्नो कर्तव्य भएको उल्लेख गरेकी छन् ।