खोटाङ / खोटाङमा ४९ वर्षीय दलित महिला वडा सदस्यको मृत्यु भएको छ ।
रक्तचापको समस्याका कारण हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी कमला परियारको मृत्यु भएको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी परियार रक्तचापले बेहोस अवस्थामा पुगेकी थिइन् ।
स्वास्थ्य संस्थामा पुर्याए लगत्तै परियारको मृत्यु भएको एमाले हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिएका छन् ।