दाङ / दाङको लमहीबाट अवैध हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ घुइँयाखोला घर भएका २० वर्षीय सोमु बिक र रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय रुकमान सुनार (कमल) रहेका छन् । 

प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार उनीहरूलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी नियन्त्रणमा लिएको हो ।

OM Sai Pathibhara Hospital

विकको साथबाट पेस्तोल आकारमा निर्माण गरिएको हतियार बरामद भएको छ । उक्त हतियार उनले भारतबाट ल्याएको खुलेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीलले जनाएको छ ।