ओखलढुङ्गा / ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका- ५ स्थित सिद्धिचरण राजमार्गमा  ट्याक्टर  दुर्घटना हुँदा चालकको भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका- ७ बिगुटारका  २२ वर्षीय प्रेम लाक्पा शेर्पा रहेको प्रहरीले जनाएको छ ।  

शुक्रबार दिउसो साढे १ बजे ओखलढुङ्गाको ठाडेबाट सदरमुकाम आँउदै गरेको ग १ त ३१२९ नम्बरको  ट्याक्टर  अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी  दुर्घटना भएको थियो ।  घाईते भएका ट्याक्टर चालक शेर्पाको मिसन अस्पताल ओखलढुङ्गामा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।