काठमाडौं / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन सरकारले आन्तरिक तर्फका सबै उडान बन्द गर्ने भएको छ । उक्त दिन आन्तरिक उडान बन्द नभए पनि अन्तर्राष्ट्रिय तर्फका उडान भने खुला नै रहने छन् ।
अन्तर्राष्ट्रिय उडान तर्फका यात्रुलाई पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा विमानस्थल सम्म र विमानस्थलबाट यात्रुको बास स्थानसम्मको आवागमन सहजीकरण गरिने जनाइएको छ ।