भोजपुर / भोजपुरको षडानन्द नगरपालिका -१४ बिहिबारे बजार स्थितमा आगलागी हुँदा बालिकाको आगोमा जलेर  मृत्यु भएको छ, भने उनका बुवा, आमा दुवै जना घाईते भएका छन । मृत्यु हुनेमा २ वर्षीया छोरी रेश्मा तामाङ रहेको र धनी खेममणी तामाङ, निजको श्रीमती  मिना तामाङ आगोमा परि घाइते भएका छन् । 

बिहीबार बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागी भई घर पुर्णरुपमा जली नष्ट भएको थियो । घाईते भएकाहरूको उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान लगिएको छ । 

OM Sai Pathibhara Hospital

उक्त आगो फस्ट राईफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको  सहयोगमा राती साढे २ बजे नियन्त्रण गरिएको थियो । आगलागीबाट खेममणी तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पूर्णरुपमा जली नष्ट हुँदा अन्दाजी २ करोड ६० लाख २३ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।  घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको छ ।