काठमाडौं / बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको दिनमा आन्तरिक तर्फका उडान नहुने भएको छ । बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको हो ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार समेत सो दिन कम्पनीका कुनै पनि उडान नहुने भएका छन् । हवाई यातायात बन्द हुने भएपनि अन्तर्राष्ट्रिय उडानका लागि जहाज भने नियमित हुने भएका छन् ।
निर्वाचन आयोगले यो दिन विदेश जाने यात्रुको सहजिकरणका लागि सवारी साधनलाई समेत चल्ने व्यवस्था मिलाउन सरकारलाई पत्राचार गरेको छ ।