बिर्तामोड / प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोस्टको निरीक्षण गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा रहेको सुरक्षा पोस्टको आज (शुक्रबार) निरीक्षण गरेका हुन् ।

प्रधानसेनापति शर्माले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अप्रेटिङ बेस’ को निरीक्षण गरेका छन् । व्यास नगरपालिका–५ चापाघाट स्थित कालीभञ्जन गण (इ) ले स्थापना गरेको ‘कम्पनी अप्रेटिङ बेस’ को निरीक्षण गरेका हुन् । 

OM Sai Pathibhara Hospital

निरीक्षणका क्रममा शर्माले सो इलाकाको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी लिएका थिए ।

सो क्रममा उनले सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका छन् ।

निरीक्षणका क्रममा कालीभञ्जन गण ९इ० का गणपति प्रमुख सेनानी रामज्योति बोहराले प्रधानसेनापति शर्मालाई त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।