ताप्लेजुङ / ताप्लेजुङमा छोराले आफ्नै आमा र बुबाको हत्या गरेका छन् ।
फक्ताङलुङ गाउँपालिका ६ लेलेपको गोटीछाँगाका २५ वर्षीय आइतराज लिम्बूले आफ्ना ७० वर्षका बुबा वृख बहादुर र ७२ वर्षकी आमा फिपरानीको हत्या गरेका हुन् ।
आइतराजले मादक पदार्थ सेवन गरेर बिहीबार आमा र बुबा दुवैका हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईले बताएका छन् ।
घटनाअघि पनि पारिवारिक विवाद भएका कारण प्रहरीले मिलापत्र गरेको समेत स्थानीयले जनाएका छन् । मिलापत्रपछि आइतराज भेडीगोठमा बस्दै आएको समेत स्थानीयले जनाएका छन् ।
हत्या आरोपित आइतराजलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।