बिर्तामोड / मोरङको सुन्दरहरैंचा नगरपालिकामा बिहीबार बिहान एमालेका वडा सदस्यका उम्मेदवारको घर नजिकमा प्रेसर कुकुरमा शंकास्पद वस्तु फेला परेको छ ।

सुन्दरहरैंचा - ११ मा एमालेबाट वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घर पछाडि प्रेसर कुकरमा शंकास्पद बस्तु भेटिएको हो । ढकालको घरनजिक मकैबारीमा टेपले बाँधेर राखेको र तार बाहिर निकालिएको अवस्थामा प्रेसर कुकर फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

OM Sai Pathibhara Hospital

प्रेसर कुकरमा ‘प्रतिक्रियावादी निर्वाचन बहिष्कार’ लेखिएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको डीएसपी दीपक श्रेष्ठले बताए ।