काठमाडौं / प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ।

बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुरु भएको प्रारम्भिक सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

OM Sai Pathibhara Hospital

रिटमा उनले सिंहको नियुक्ति बदर र मुद्दाको किनारा नलागेसम्म आफूलाई कायम मुकायम आईजीपी तोक्न माग गरेका छन्।

आइतबार मन्त्रिपरिषद्ले एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको थियो । वरियतामा जुनियरलाई आईजीपीमा नियुक्त गरेको भन्दै एआइजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

सो रिट उपर इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतिशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए ।

त्यस्तै सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए । बहसको क्रम अझै नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।