काभ्रे / काभ्रेमा भारतीय पर्यटक बोकेको गाडी र जिप ठोक्किँदा एक बालकसहित ५ जनाको सनाखत भएको छ । काभ्रेको रोशी गाउँपालिका–११ बढुवेशीमा बुधबार जिप र गाडी ठोकिँदा १९ जना घाइते भएका हुन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थायी घर भएका जिप चालक हरिबहादुर वल , कमलामाई नगरपालिका–६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, रामेछापको खाँडादेवी गाउँपालिका–३ की सम्झना भुसाल र उनका ६ वर्षीय छोरा संगीत भुसाल र सुनकोसी गाउँपालिका–१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् ।

OM Sai Pathibhara Hospital

दुर्घटनामा मृत्यु हुनेहरू सबै जिपमा सवार यात्रु रहेको र घाइतेको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।  

बुधबार दिउँसो काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप र भारतीय पर्यटक बोकको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस गाडी एक आपसमा ठोक्किएको थियो ।