झापा / मुगुको छायानाथ रारा नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारू  इन्जिनियर महेश सिंह, असिस्टेन्ट सबइन्जिनियर हस्त बहादुर मल्ल, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । २९ लाख ७७ हजार ८२१ रुपैयाँ ११ पैसा रकम हिनामिना गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको छ ।  

OM Sai Pathibhara Hospital

छायानाथ रारा नगरपालिकाले वडा नं. २ मा पर्ने पैदल बाटोमा पक्की सिंढी निर्माण गर्ने गरी आर्थिक वर्ष २०७४ ०७५ मा विनियोजन भएको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।