विराटनगर / विराटनगरमा प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको २५ लाख बराबरको सामाग्री बरामद गरेको छ । अवैध रुपमा ल्याएको सामाग्री सहित प्रहरीले सवारी चालकलाई समेत पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काभ्रे जिल्लाका ५२ वर्षीय ट्रक चालक गोपालनाथ राई रहेका छन् । ना ३ ख ७८१२ नम्बरको ट्रकमा ४२०० केजी केराउ भारतबाट भन्सार छलेर लत्याउदै गरेको पाएपछि उनी पक्राउ परेका हुन् । 

OM Sai Pathibhara Hospital

त्यसैगरी , विराटनगरमा नै भारतीय मोटरसाइकलमा भन्सार छलेर २५ लाख बराबरको कपडा ल्याउँदै गरेको पाएपछि प्रहरीले एकलाई पक्राउ गरेको छ । जोगवनीका २९ वर्षीय अनोज सिंहलाई अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको पाएपछि प्रहरीले पक्राउ गरेको हो । 

भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याएको लत्ताकपडाहरू बरामद गरेको मोरङ प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

बरामद गरिएको सामाग्री आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको मोरङ प्रहरीले जनाएको छ ।