बिर्तामोड / विराटनगरमा सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ९५ हजार मूल्य बराबरको सामान बरामद गरेको छ ।
विराटनगर–१६ दरैयाबाट केशलिया खोलाको किनारै किनार भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले ८३ जोडी कुर्तासुरुवाल, १४ थान फलामको बाल्टिन, युज एण्ड थ्रो प्लेट तथा चम्चा एक कार्टुन बरामद गरेको सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक दिलकुमार पन्तले बताएका छन् ।
नियन्त्रणमा लिइएको सामान भन्सार कार्यालय विराटनगरमा दाखिला गरिएको छ भने भन्सार छलेर सामान ल्याउने व्यक्ति भने फरार रहेको समेत प्रहरीले जनाएको छ ।