बिर्तामोड / विराटनगर महानगरको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।

निर्वाचन आयोग सहित कार्की विरुद्ध पनि आचारसंहिताको निर्देशिका उल्लंघन गरेको भन्दै रिट दर्ता भएको हो । 

OM Sai Pathibhara Hospital

मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग काठमाडौं र एमाले उम्मेदवार कार्कीविरुद्ध विराटनगर महानगरका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

कार्कीले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै यादवले उम्मेदवारी खारेजी माग गर्दै सोमवार रिट दर्ता गराएका थिए ।

निर्वाचन कार्यालयमा उजुरी परेपछि २०७९ वैशाख ९ गते कार्कीले अस्पतालबाट राजीनामा दिएकी थिइन् । उनले ११ वैशाखमा मन्त्रालयमा राजीनामा दर्ता गरेको प्रतिलिपि निर्वाचन कार्यालयमा पेश गरेकी थिइन् ।

कार्कीले निर्वाचन कार्यालयमा पेश गरेको राजीनामाको दर्ता नम्बर नै कीर्ते भएको मन्त्रालयले पुष्टि गरिदिएपछि निर्वाचनको मुखमा यो विषय अझै संवेदनशिल बनेको छ । 
राजीनामा स्वीकृत गरेको मिति र दर्ता नम्बर किर्ते रहेको मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले कार्कीले बताएका छन् । 

कार्कीले बुझाएको कागजातको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी सदर गरेको छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कार्कीलाई अस्पताल विकास समितिको सदस्यमा मनोनीत गरेको थियो । 
 
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गत माघ २१ गतेको उनीसहित विकास समितिका सबै पदाधिकारीलाई पदमुक्त गरेकोमा कार्कीसहित पदाधिकारी अदालत गएका थिए । अदालतले पुनर्बहाली गरेपछि उनीहरू पदमै कार्यरत थिए ।