काठमाडाैँ / नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा आजदेखि नियमित काममा फर्किएका छन् । 

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा प्रति असन्तुष्ट उनी १० दिन बिदामा बस्ने भएका थिए । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उनी बिदा नबसी काममा फर्किएका हुन् । 

OM Sai Pathibhara Hospital

थापा कनिष्ठ एआईजीलाई आइजीपी बनाएपछि असन्तुष्ट थिए । वरिष्ठताका आधारमा उनी दोस्रो वरियताका एआईजी हुन् ।

पहिलो वरियतामा भने विश्वराज पोखरेल छन्। पोखरेल भने न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका छन् । थापा भने अदालत गएनन् ।

उनी प्रहरीको कार्य विभागको नेतृत्वमा छन् । सोही विभागले नै निर्वाचन सुरक्षा मामिला हेर्ने गर्छ । निर्वाचनको सङ्घारमा गृहमन्त्री खाणले थापालाई बिदा नबसी सहयोग गरिदिन आग्रह गरेका थिए ।