काठमाडौँ / आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले महानगरको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहमाथि गम्भीर आरोप लगाएका छन् ।
शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको स्थापितको दाबी रहेको छ । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले भनेका छन्, ‘बालेन भन्ने पात्रबारे केही नबोल भन्छन् । मैले ठग्ने काम नगर है मात्र भनेको हो ।’
बोलनको चर्को आलोचना गरेका उनले ‘जे पायो, त्यही गरेर’ र्याप भन्ने गरेको बताए । शाहले आफ्नो खास परिचय लुकाएको आरोप समेत लगाएका स्थापितले बालेनका र्याप गीतलाई लिएर थप प्रश्न उठाएका हुन् । र्याप भन्दैमा मनपरी गर्न नपाइने तर्क गर्दै स्थापितले बालेनको र्याप गीतले महिलामाथि हिंसा गरेको आरोप लगाए ।