कैलाली / बैतडीमा माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।
सोमबार राति वडा सदस्यका उम्मेदवार रहेका ६० वर्षीय हरिराम साउँद माथीे खुकुरीले प्रहार गर्दै आक्रमण भएको हो ।
स्थानीय अजित साउँदको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक जोशीले बताएका छन् ।
टाउको र शरीरमा गहिरो चोट लागेका साउदलाई गोकुलेश्वर अस्पतालमा लगिएको थियो भने समान्य उपचारपछि उनलाई धनगढी रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।