बिर्तामोड / अर्थतन्त्र धर्मराउँदो अवस्थामा रहेको समयमा सरकारले वैदेशिक रोजगारीका लागि श्रम गन्तव्यसँग श्रम सम्झौता र परिमार्जन गरी खस्किँदो वैदेशिक रोजगारलाई उत्थान गर्ने अभियान थालेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार, युएई साउदी अरब, मलेसिया लगायतका श्रम गन्तव्यसँग गरेको सम्झौतालाई परिमार्जन गर्दै केही नयाँ गन्तव्यसँग सम्झौता गर्ने तयारी गरेको हो ।

OM Sai Pathibhara Hospital

श्रममन्त्री कृष्णाकुमार श्रेष्ठले प्रमुख श्रम गन्तव्य, सेसेल्स र मलेसियाको भ्रमण गरी श्रम सम्झौता गर्ने तयारी थालेका छन् । नेपालबाट हाल व्यावसायिक रूपमा ११० र व्यक्तिगत सहित १७० भन्दा बढी देशमा रोजगारीमा जान श्रम स्वीकृति जारी हुँदै आएको छ । 

मलेसियाको श्रम बजारको आवश्यकताबमोजिम नेपाली युवाहरूलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरू प्रदान गर्ने, रोजगारीको लागि युवाहरूको छनौट तथा नियुक्तिमा शून्य लागत सहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।