भक्तपुर / आफ्नै घरको छतबाट खस्दा भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका- ८ लिवालीकी ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 

सोमबार राति पाँच तलामाथिबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएकोमा उपचारको क्रममा कुसाथाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताएका छन् ।