विराटनगर / नेपाल र भारतको सिमा क्षेत्र दश गजा रहेको विराटनगरको इस्लामपुरमा भारतीय एसएसबीले तीन राउण्ड हवाई हवाई फायर गरेका छन् ।
इस्लामपुरका स्थानीयका अनुसार सोमबार दिउँसो दुई बजे डियुटिमा खटेका एक भारतीय एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाई फायर गरेका हुन् ।
भारतीय एसएसबीले मदिरा सेवन गरेका कारण होहल्ला गरेपछि स्थानियले उनलाई घेरेको एक स्थानिय सुरज मण्डलले जानकारी दिएका छन् ।
स्थानीयको भिड बढेपछि आफ्नो सुरक्षाको लागि भन्दै हवाई फायर गरेको हुन सक्ने सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले बताएका छन् ।
मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा भएपनि भारतीय क्षेत्रमा गोली चलेको पुष्टि गरेका छन् । उनले गोली चल्नुको मुख्य कारण पत्ता लगाउन अनुसन्धान भइरहेको समेत बताएका छन् ।