काठमाडौं / काठमाडौंको स्वयम्भुस्थित भगवान् पाउ नजिक नरेश कुमार गौतमको शव वैशाख २ मा भेटिएको थियो । ३ जना मिलेर लुटपाट पश्चात उनको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न रहेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका- १ डकाहा घर भएका प्रकाश तिमिल्सिना छन् । २६ वर्षीय तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखाका चुमनुब्री गाउँपालिका- ३ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।
हत्यामा संलग्न अर्का एक जनालाई प्रहरी वृत स्वयम्भूले यसअघि नै पक्राउ गरेको छ । हत्या आरोपी अर्का एक जना फरार छन् ।