बिर्तामोड / आइजीपी शैलेश थापा क्षेत्रीले अवकाश पाएसँगै सरकारले आइजीपीमा धिरजप्रताप सिंहलाई गरेको नियुक्तिको विरोध गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका छन् ।

वरियता र वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका पोखरेल आइजीपीका बलिया दाबेदार मानिए पनि उनलाई पन्छ्याउँदै सरकारले  सिंहलाई नियुक्ति गरेपछि उनी सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेका हुन् ।

OM Sai Pathibhara Hospital

वरियताका आधारमा तेस्रो स्थानमा रहेका सिंहलाई विवादमा नतानिन सरकारले नियुक्ति गरेपनि यो विषय अझ संवेदनशिल बन्दै चर्चामा आएको छ । 

नियुक्ति प्रक्रियामा असन्तुष्ट बनेका एआईजी पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ता भई बुधबारका लागि पेशी तोकिएको अदालतले जनाएको छ । 

सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै सिंहको नियुक्ति विरुद्ध पोखरेल सर्वोच्च अदालत पुगेका हुन् ।