झापा / १ नम्बर प्रदेश लोक सेवा आयोगले सरकारी सेवाका विभिन्न प्राविधिक तथा अप्राविधिक तर्फका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ ।
प्रदेशका लागि प्रशासन तर्फ अधिकृतमा ३७ जना र इन्जिनियरमा ९, कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ जनाको माग गरेको छ ।
त्यस्तै सहायक बाली विकास अधिकृतमा दुई जना, बाली संरक्षण र बागवानीमा १ जना जना अधिकृत माग भएको छ भने भेटेरेनरी तर्फ सहायक पशु चिकित्सकमा ५ जना र शिक्षा तर्फ अधिकृतमा ८ जना माग गरिएको छ ।
प्रशासनतर्फको अधिकृतको लिखित परीक्षा साउन ७ गते अपरान्ह ३ बजे हुनेछ भने इन्जिनियरको परीक्षा साउन १३ गते अपरान्ह ३ बजे हुनेछ।
परीक्षा केन्द्र विराटनगरमा हुने सेवा आयोगले जनाएको छ । जेठ २ गतेसम्म इच्छुकले दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।