झापा / नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले न्यौपानेले आईजीपीद्वयलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । 

OM Sai Pathibhara Hospital

सरकारले आइतबार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । तर, वरीयताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा भने अदालत जाने तयारीमा रहेका छन् ।

सशस्त्रका एआईजी अर्याललाई पनि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले महानिरीक्षकमा बढुवा गरेको हो । गत वैशाख ४ गते अर्याल एआईजी बढुवामा सिफारिस भएका थिए । 

अर्यालले वैशाख १४ गते एआईजीको दर्ज्यानी चिह्न पाइसकेका थिए । २०५४ चैतमा सेवा प्रवेश गरेका अर्याल अहिलेकै कानुनी प्रावधान रहे २०८३ सम्म नेतृत्वमा रहने छन् ।