झापाओखलढुङ्गामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खिजिदेम्बा गाउँपालिका -८ भुपिसुर्केका ७० वर्षीय जाङमु शेर्पा रहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ साँढे ६ बजेको समयमा घरमै बसिरहेका शेर्पालाई अचानक चट्याङले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।