बिर्तामोड / मोरङको कानेपोखरी गाउँपालिका- ७ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-१६ का रूपक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आइतबार साँझ साँढे ६ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४९ प ८९७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक श्रेष्ठ घाईते भएका थिए ।
श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।