बिर्तामोड / झापाको बिर्तामोडबाट प्रहरीले १५ लाख मूल्य बराबरको कपडासहित गाडी नियन्त्रणमा लिएको छ । 

बिर्तामोडको भद्रपुर रोडबाट इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले विशेष सुचनाको आधारमा भन्सार छलेर ल्याइरहेको अवस्थामा कपडासहित गाडी नियन्त्रणमा लिएको हो । 

OM Sai Pathibhara Hospital

प्र ०१–००१–०१ ज३६०० नम्बरको पिकअपमा लोड गरेको अवस्थामा कपडा नियन्त्रणमा लिएको इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । 

कुँवरका अनुसार नियन्त्रणमा लिएका पिकअपको चालक भने फरार छन् । पिकअपमा १५ लाख मूल्य बराबरको कपडा भएको प्रहरीले प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार बरामद गरिएको कपडा राजश्व अनुसन्धान कार्यालय इटहरी पठाउने तयारी भइरहेको छ ।

केही समय यता बिर्तामोडबाट भन्सार छली गरेर ल्याएका कपडाजन्य सामाग्री बरामद हुने क्रम बढेको छ । राजश्व अनुसन्धान कार्यालय इटहरीले बिर्तामोड र बिर्ताबजारबाट ठुलो परिमाणमा कपडा बरामद गरेको थियो ।