झापा /  भरुवा बन्दुक सहित रूपन्देहीबाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ । 

पक्राउ  पर्नेमा देवदह नगरपालिका-६ सताकखोलाका ३६ वर्षीय गणेश राना, ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेत बहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् । 

OM Sai Pathibhara Hospital

पौडेलका अनुसार शनिबार देवदह नगरपालिका-६ भलुही स्थित उजेरी पाल्पाली सामुदायिक वनमा भरुवा बन्दुक सहित हिँडिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । 

प्रहरीले उनीहरूको साथबाट सात नाल भरुवा बन्दुक र त्यसमा लाग्ने १२१ पिस छर्रा, ३२७ ग्राम वारूद, ७५ पिस केप र दुर्ई थान फलामको चक्कु बरामद गरेको  घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।